कोरोना निको हुने दर ९२ प्रतिशत
काठमाडौँ– कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको भएका छन् भने दुई हजार १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ भने पाँच लाख ८१ हजार ३२७ जना सङ्क्रमित निको भएका छन् ।
हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार ७०४ जनाको पीसीआर र चार हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो ।
काठमाडौँमा १८१, भक्तपुरमा २५ र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा थप २४९ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका कोरोना अस्पतालका आईसीयूमा ७३४ र भेन्टिलेटरमा २२२ जना सङ्क्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस