यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो
काठमाडौं । यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको हो । तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको हो ।
नेपालले भने यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान पाउने छैनन् ।
यूएईले मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले लगाउन पाएका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस