एन्टी भाइरस सफ्टवेयर निर्माता जोन म्याकाफीले गरे आत्महत्या
एजेन्सी । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन ।
बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन् । कर छली गरेको अभियोगमा छानबिनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएको बिबिसीले जनाएको छ ।
स्पेनको न्याय मन्त्रालयले जेलभित्रै अचेत अवस्थामा फेला परेका उनलाई डाक्टरहरुले बचाउने कोसिस गरेपनि सफल भएनन् । प्रविधि जगतका विवादास्पद व्यक्तित्व म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेयर बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।
सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस