किसानलाई बङ्गुरका पाठापाठी वितरण
टीकापुर / कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरूपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो ।
बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र ९पकेट विकास कार्यक्रम० अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बङ्गुरका पाठापाठी वितरण गरेको हो । पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बङ्गुरपालक किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताउनुभयो । “व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष चौधरीले भन्नुभयो, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।”
गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उहाँले भन्नुभयो, “हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”
पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहलाई बङ्गुरका पाठापाठी वितरण गरिएको बताउनुभयो । “हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “पठापाठी वितरण गर्न रु २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस