नेपालमै उत्पादित औषधी रेम्डिसिभिरलाई बिक्रीको अनुमति
काठमाडौं । नेशनल हेल्थ केयरले नेपालमा नै रेम्डिसिभिर औषधिको उत्पादन तथा बिक्रीका लागि अनुमति पाएको छ।
गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति पाएको कम्पनीले आइतबारदेखि बजारमा बिक्रीको अनुमति पनि पाएको हो। वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरले रेम्डिसिभिर औषधिको उत्पादन सुरु गरिसकेको छ।
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने भनिएको रेम्डिसिभिर औषधिको खुद्रा मूल्य कम्पनीले प्रतिभाइल ३ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि भारत तथा बंगलादेशबाट आयात गरिएको रेम्डिसिभिर नेपालमा उत्पादन भएसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेम्डिसिभिरको नाम ‘रेमसिभिर’ रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस