थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८५३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ । होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २८७५, आईसीयूमा ६५७ तथा भेन्टिलेटरमा १९३ जना रहेका छन् ।
कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस