• जीवनशैली | Jiwanshaili
  • केही स्थानमा भारी र धेरै वर्षा हुने


    आगामी बुधबारबाट  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले  मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा  भारी /धेरै भारी वर्षाको सम्भावना रहेको छ  ।

    उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव  को जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस