• जीवनशैली | Jiwanshaili
  • कर्णालीमा आज सार्वजनिक विदा


    सुर्खेत । कणार्ली प्रदेशमा आज धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको प्रदेशले जारी गरेको सूचनामा जनाइएको छ ।

    कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । जुम्लामा भने चैत १२ गते धान दिवस मनाउने भएकाले सार्वजनिक बिदा दिइएको छैन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस