• जीवनशैली | Jiwanshaili
  • थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ३४८ जना संक्रमणमुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ पीसीआर र ३३ हजार ९४१ जना एन्टिजेन पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस