भरतपुरमा सवारीको ठक्करबाट एकको मृत्यु
चितवन / चितवनको भरतपुरमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार भरतपुर महानगरपालिका १२ कस्तुरी टोल बस्ने बर्ष ७६ का बसन्त बहादुर लिम्बुको ज्यान गएको हो ।
विहान भरतपुर १० बाइपास रोडमा विस्कुट लोड गरी गुडेको ना ६ ना ६ ख ४९२३ नं।को डिब्बा गाडीले लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते लिम्बुको उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा लगिएकोमा मृत्यु भएको थापाले जानकारी दिनुभयो ।
दुर्घटना गराई फरार रहेको उक्त सबारी साधनलाई तत्काल प्रहरी परिचालन गरि भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिईएको थापाले बताउनुभयो । सबारीसाधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस