गुर्जो अभियानकर्मी राजलवट सम्मानित
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोबाट बनेको चिया र धुलो देशव्यापी रूपमा निःशुल्क वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटलाई सम्मान गरिएको छ ।
पातञ्जल योग समिति भक्तपुरले असार १५ को अवसर पारेर मङ्गलबार आयोजना गरेको कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दोसल्ला, रुद्राक्ष र धानको बीउको मालाले सम्मान गर्नुभएको हो । कार्यक्रममा भक्तपुर नगरपालिका–२ का सार्वजनिक स्थानमा २०० गुर्जोका बिरुवासमेत रोपिएको थियो । धान दिवसका अवसरमा त्यस स्थानमा रोपाइँसमेत गरिएको छ ।
सो अवसरमा पूर्वसांसद बस्नेत, वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशीलगायतले गुर्जोको महत्वका विषयमा जानकारी गराउनुभएको थियो । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्ष मुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवटले बताए ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालयमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका थिए ।
विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया तथा धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब १० हजार बिरुवा निःशुल्क बाँडेका छन् । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस