लौठ सल्लाका बिरुवा वितरण
महाङ्काल गाउँपालिकाले यहाँका किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताए ।
उनले भने, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ ।” गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका तीन देखि चार वर्षमा किसानले फाइदा लिन सक्ने घिमिरेले जानकारी गराए।
महाङ्काल क्षेत्रमा राम्रोसँग लौठ सल्ला उत्पादन भइरहेको हुँदा किसानको हितमा गाउँपालिकाले रु छ लाख खर्च गरी नौ हजार बोट वितरण गरेको गाउँपालिकाका प्राविधिक विकास दाहालले बताए । उनले भने “गाउँपालिकाको भौगोलिक दृष्टिकोण तथा हावापानीका आधारमा यो वनस्पतिले निकै फाइदा दिने विश्वास लिएका छाैँ ।” सो सल्लाका बिरुवा एक रोपनी जमीन बराबर ५० देखि ७० लगाउन मिल्ने दाहालको भनाइ छ ।
गाउँपालिकाले चालु आव २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा वडा नं ३ सिसवनमा लौठ सल्ला पकेट क्षेत्र बनाई गाउँवासीको जीवन उकास्ने घोषणासमेत गरेको उपाध्यक्ष कमला तामाङले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस