कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता
कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो ।
कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उनले भने, “अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छाैँ ।”
थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए। कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए। कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।
कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए ।
कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस