नेपाली कलेजलाई विश्वस्तरको अवार्ड
काठमाडौँ / नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।
हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको छ ।
कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले दुबइस्थित ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरेको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताउनुभयो । कोभिड–१९ को महामारीका कारण सो पुरस्कार भौतिक उपस्थितिमा नभई प्रमाणपत्र उपलब्ध भएको जनाइएको छ ।
तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् ९हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षा सञ्चालन गर्दै आएको छ । प्रगतिशील शिक्षण र सिकाइ अवधारणाको कार्यान्वयन गर्दै आएको सो कलेजले बोर्डको परीक्षामा गत सात वर्षदेखि ९० प्रतिशत सफल नजिता हासिल गर्दै आएको छ । यस कलेजमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस