कोरोना संक्रमण घटे पनि जोखिम कायमै: स्वास्थ्य मन्त्रालय
काठमाडौं । पछिल्लो समय कोरोना परीक्षण नगर्नेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै केही दिनयता संक्रमण घटे पनि जोखिम भने कायम नै रहेको जनाएको छ। कोरोना लक्षण देखिए पनि घरमा बस्ने प्रवृत्ति बढेको र यसले अन्यलाई सार्ने जोखिम हुने भएकाले समयमा नै परीक्षण गर्न मन्त्रालयले अनुरोध गरेको छ।
पछिल्लो समय भिडभाड बढ्दै गएपछि संक्रमण फैलन सक्ने भन्दै मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र समयमै परीक्षण गर्न अनुरोध गरेको हो। मन्त्रालयले सम्पर्कमा आएका र लक्षण देखिएका जो–कोहीले पनि तुरून्तै पिसिआर परीक्षण गर्न अनुरोध गरेको छ।
नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलँदो क्रममा हुनाले तेस्रो लहर आउने संकेत गरेको विज्ञले बताउँदै आएका छन्।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस