• जीवनशैली | Jiwanshaili
  • इण्डोनेसियामा डेल्टा भेरिएन्ट फैलिएपछि दुई साताका लागि लकडाउन घोषणा


    एजेन्सी । इण्डोनेसियामा कोरोनाको डेल्टा भेरिएन्ट तीब्र गतिमा फैलिएपछि दुई साताका लागि लकडाउन घोषणा गरिएको छ ।

    इण्डोनेसियाको बाली र जाभा प्रान्तमा दैनिक २० हजारका दरले कोरोना संक्रमित थपिएपछि कडा खालको लकडाउन गर्न बाध्य भएको इण्डानेशियाली सरकारले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै लकडाउन गर्न बाध्य भएको बताएका छन् ।

    उनले संक्रमितको संख्या दैनिक १० हजारमा नझरेसम् लकडाउन लम्बिन सक्ने संकेत गरेका छन् । लकडाउन अवधिभर नागरिकहरुलाई बिदेश भ्रमणमा रोक लगाइएको छ भने अत्यावश्क सामग्रीका पसल बाहेक अन्य बजार क्षेत्र पुर्ण रुपमा बन्द गरिने छ । दक्षिण पुर्वी एसियालाी मुलुकहरुमा इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा परेको छ ।

    इन्डोनेसियामा कोरोनाका कारण ५८ हजार ४ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २१ लाख ७८ हजार २ सय माथि पुगको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस