उत्तर कोरियामा खाद्य संकट, गर्भवती महिला र बालबालिका बढी प्रभावित
एजेन्सी । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफ्नो मुलुकले खाद्यान्नको थप संकट व्यहोर्नुपर्ने स्वीकारेको केही दिनअघि सार्वजनिक भएको थियो ।
त्यहाँको सरकारी सञ्चारमध्यमका अनुसार गत वर्ष मौसम प्रतिकूल नहुँदा कृषिमा अपेक्षा अनुसारको उत्पादन नभएकाले खाद्य संकट देखा परेको हो ।
लण्डनस्थित एसओएस विश्वविद्यालयले गरेका एक अध्ययन अनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।
यसअघि राष्ट्रसंघीय खाद्य कार्यक्रमले पनि सहायता दिँदै आएको थियो ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस