सिभिल बैङ्कको सिईओमा सुनिल कुमार पोखरेल नियुक्त
सिभिल बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । आगामी चार वर्ष कार्यकाल रहने गरी बैङ्कको सञ्चालक समिति बैठकले पोखरेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । यस अघिका बैङ्कको प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले राजीनामा दिए पछि समितिले पोखरेल वैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । नव नियुक्त पोखरेल गत दुई वर्षदेखि सोही बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध थिए।
नेपालका विभिन्न बैङ्कहरूमा २४ वर्ष र ६ वर्ष विदेशी बैङ्कमा कार्यरत पोखरेलले असार १८ गते देखि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।
डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरूको कार्य क्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैङ्कको रूपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरू ल्याउँदै बैङ्कले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैङ्कका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताउनु भयो ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैङ्कलाई नयाँ उचाइमा पुर्आउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैङ्कका अध्यक्ष इच्छा राज तामाङ्गले बताउँदै बैङ्कले चालु आ.व.मा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरूमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।
सिभिल बैङ्कले चालु आर्थिक वर्षको ज्येष्ठ मसान्त सम्म रु. ८८.९४ अर्बको निक्षेप र रु. ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस