कोरोना निको हुने दर ९४ प्रतिशत
पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अबधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौहजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै साृही अबधिमा देशभर तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६०० सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस