सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो ।
सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खताको संकेत स्वरुप रोतो बत्ति बालिएको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आतंकित बनेका छन् । पानीको बहाव उच्च हुँदा समेत भारत सरकारले कोसी ब्यारेजका ५६ मध्य २८ वटा मात्र ढोका खोलेको छ ।
सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवान हुने त्रास बढेको छ । सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदा समेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्वसाधारण त्रसित भएको कोसी पीडित संर्घस समितिका सचिव बाबुराम कार्कीले जानकारी दिनुभयो ।
यसअघि २०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो । कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकहीमा हजारौ विघा खेतियोग्य जमिन भरुभूमि बनाउनुका साथै ५ हजार भन्दा बढी घर परिवारको विस्थापित भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस