आमिर खान किरण रावको सम्बन्धविच्छेद गर्ने घोषणा
बलिउड अभिनेता आमिर खान र किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्।
शनिबार दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।
उनीहरूका १५ वर्षीय छोरा छन्।
विज्ञप्तिमार्फत् उनीहरूले भनेका छन्,‘हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एक अर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा(बुवा भएर, परिवारको रूपमा।’
उनीहरूले आफूहरूले केही समय अघि नै अलग हुने तय गरेको र अहिले त्यसलाई औपचारिकता दिएको बताएका छन्।
‘हामीले केही समय पहिला नै अलग हुने विचार गरिरहेका थियौं। अब यसलाई औपचारिकता दिँदैछौं। हामी हाम्रो छोरा आजादप्रति समर्पित छौं। उसलाई मिलेर पालनपोषण गर्नेछौं। हामी फिल्म, पानी फाउण्डेसन र अन्य परियोजनामा पनि सहकार्य गर्नेछौं’, उनीहरूले भनेका छन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस