• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा साइबर आक्रमण, झण्डै दुई सय व्यवसाय प्रभावित


    एजेन्सी । अमेरिकामा शक्तिशाली साइबर आक्रमण भएको छ ।

    झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो ।

    कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ । रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण गराएको हुनसक्ने हन्ट्रेस ल्याब्सको दाबी छ ।

    सन् २०१९ मा टेक्सासका स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको आरोप लाग्दै आएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस