• जीवनशैली | Jiwanshaili
  • गुगलले, सम्पूर्ण स्वास्थ्य जानकारी लिने नयाँ एप ल्याउँदै


    एजेन्सी । गुगलले नयाँ एपमा काम गरिरहेको छ, जुन चाँडै लञ्च हुनेछ।

    यो एपले अनलाइन मेडिकल रेकर्ड स्टोर गर्ने सुविधा दिनेछ। एपले प्रयोगकर्ताको मेडिकल हिस्ट्री रेकर्ड अलग–अलग हेल्थकेयर सुविधाबाट प्राप्त गर्नेछ। यो एप प्रयोगकर्ताले एउटा क्लिककै भरमा आफ्नो सम्पूर्ण स्वास्थ्य विवरण देख्न पाउने छ।

    समाचारअनुसार गुगलको यो नयाँ एपले अलग–अलग हेल्थ प्रोभाइडरबाट पाउने विवरणलाई एक ठाउँमा राख्ने छ। यसपछि डाक्टरलाई भेट्न जाँदा प्रयोगकर्ताले आफ्नो सबै रिपोर्ट मोबाइलबाट देखाउने सक्नेछन्।

    यसका लागि प्रयोगकर्ताले आफ्नो अनलाइन एकाउन्ट बनाउनु पर्नेछ। साथै डाक्टर भेट्ने मिति र ठाउँको रिपोर्ट दर्ता गर्नुपर्ने छ। र, ल्याब र बाँकी मेडिकल हेल्थ केयरले दिने रिपोर्ट पनि यो एपमा अपलोड गर्नुपर्नेछ।

    यो एप प्रयोगकर्ताहरूले आफ्नो हेल्थ रिपोर्ट आफ्नो साथी र परिवारसँग पनि शेयर गर्न सक्नेछन्। यद्यपि यो गुगल हेल्थ एपको जाँच जारी छ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस