• जीवनशैली | Jiwanshaili
  • थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ६६ जना संक्रमणमुक्त


    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १० हजार १३३ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यससँगै मुलुकभर ६ लाख ८१ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ६ लाख ६ हजार ६६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

    शनिवारमात्रै ३ हजार ६६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस दिन १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलुकभर ९ हजार १९८ संक्रमितको मृत्यु भएको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस