जापानमा भारी वर्षाका कारण दर्जनौ घर ढले, १९ जना बेपत्ता
एजेन्सी । जापानको राजधानी टोक्योको पश्चिमी शहर अतामीमा शनिबार भारी वर्षाका कारण भू–क्षय गएको छ ।
जमिन धस्किएपछि भवन ढलेका छन् । भवनमा १९ जना मानिस दबिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । शिजुओका प्रान्तका प्रवत्ता ताकामिची सुगियामाले आतमीका दर्जनौं घर जमिनमुनि धस्सिएको बताएका छन् । सरकारी सञ्चारमाध्यम एनएचकेले बेपत्ता मानिसको संख्या २० बताएको छ भने, सुगियामाले कम्तिमा १९ मानिस बेपत्ता भएको पुष्टि गरेका छन् ।
उनले उक्त संख्या बढ्न सक्ने पनि बताएका छन् । जापानका केही क्षेत्रमा अझै पनि मुसलधारे पानी परिरहेको छ । सुगियामाका अनुसार केही क्षेत्रमा बिहानसम्म भारी वर्षा भइरहेको थियो । दमकल र सुरक्षाकर्मीका साथै आत्मरक्षा बल उद्धार कार्यमा खटिएका छन् ।
ठूलो क्षेत्रलाई खाली गराउन चेतावनी दिइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस