• जीवनशैली | Jiwanshaili
  • आईतबार यी स्थानमा भारी वर्षा हुने


    आज २०७८ असार २० गते आइतबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।
    प्रदेश १, प्रदेश २, तथा बांकी प्रदेशका पहाडी भू भागहरुमा सामान्य देखि पूर्ण बदली तथा बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदली रही प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    आज आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस