४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

काठमाडौं । साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ ।
साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।
साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस