१५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार
आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका- ८ सुडालमा डेरागरी बस्ने ३१ वर्षका पुरुष आफ्नै किशोरी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।
सुरुमा गएको जेठ १० गते घरमा कोही नभएको मौका पारेर बाबुले आफ्नो सम्वेदनशील अंग समाउने, छुने जस्ता क्रियाकलाप गरेको र यो क्रम पछि पनि कायम रहेको भन्दै १५ वर्षीया किशोरीले उजुरी गरेपछि ती पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यही असार १७ गते किशोरीले महानगरीय प्रहरी बृत्त जगातीमा उजुरी गरेकी थिइन्। सोही उजुरीका आधारमा बाल यौन दुरुपयोगको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस