भारतमा दैनिक २.४ प्रतिशत कोभिड–१९ सङ्क्रमित
भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।
लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने ।
भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।
पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरुको सङ्ख्या २।४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या २।३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।
भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस