एसईईको नतिजा साउन मसान्तभित्र प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७७ को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ ।
परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना रहेको बताए । परीक्षा बोर्डको निर्णयअनुसार आजसम्म विद्यालयले सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तिरिक मूल्यांक नम्बर पठाउँने छन् । इकाइले विद्यालयले पठाएको नतिजा प्रमाणित गरेर असार मसान्तभित्र बोर्डमा पठाउनेछ ।
उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुने नियन्त्रक अधिकारीले बताए । अहिले देशभरका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको र विद्यालयमा पनि क्षति पुर्याएकोले इकाइमा मुल्यांकन गरी विद्यालयले समयमै इकाइमा पठाउँन नसकेको अवस्था रहेको हुँदा केही ढिला हुनसक्ने सम्भावना पनि रहेको उनले बताए ।
उनका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस