• जीवनशैली | Jiwanshaili
  • उपत्यकाभित्र हट्यो जोर-बिजोर प्रणाली के के गर्न पाइन्छ (आदेशसहीत)


    काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    थपिएको निषेधाज्ञामा सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । यस्तै माइक्रो र टेम्पो सञ्चालन गर्न दिने निर्णय भएको छ ।

    यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो ।

    निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।

    अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि सकिन्छ।

     

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस