• जीवनशैली | Jiwanshaili
  • ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा ४३ जनाको मृत्यु


    एजेन्सी । ट्युनिसियाली सामुद्रिक तटमा आप्रावासी चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

    लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो। डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका एक सय २७ जना आप्रावासी सवार थिए। उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको जनाइएको छ।

    मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन्। डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस