कञ्चनपुर र सुनसरीबाट ब्राउनसुगरसहित पाँच युवा पक्राउ
लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्।
आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
म२प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुबैको साथबाट २३.२५ ग्राम ब्राउनसुगर बरामद भएको छ।
यस्तै, इटहरीबाट तीन जना युवालाई २१ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी-६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी-८ का २५ वर्षीय शम्भु कार्की र इटहरी-५ का २० वर्षीय सुजन श्रेष्ठ छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस