बाख्रापालनबाट आम्दानी गर्दै किसान
व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।
घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गर्नुभएको हो । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन् ।
उनले ५० वटा अट्ने एउटा खोर बनाएका छन् । खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनले बताए । चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापा भने । “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।”
दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उनको भनाइ छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ ।
घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आफ्नी आमाले दुई पाठी दिनुभएको थियो । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् । तीन वर्षदेखि बाख्रापालन गर्दै आउनुभएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उहाँ धेरै खुशी हभएका छन् ।
श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उनको योजना छ । “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ । काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भने ।
राम्रो व्यवस्थित एउटा खोर बनाएकि पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस