सिलिचोङमा पहिरोबाट एक घरमा क्षति
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते भएका वडाध्यक्ष अलक्षकुमार राईले बताए ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी दिए । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस