सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका पूर्वसभापति जगतजङ्ग थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज बिहान दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक असल र निष्ठावान् नेतालाई गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व थापा पार्टीको महासमिति सदस्य, कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल सङ्गठनको पूर्वकेन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
आजै सभापति देउवाले पार्टीको कालीकोट जिल्ला कार्यसमितिका सदस्य एवं महिला शाखा प्रमुख लक्ष्मी शाहीको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको यही असार १८ गते ५३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । सभापति देउवाले उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस