अमेजनको सीईओबाट आज बिदा हुँदै बेजोस, नयाँ सीईओमा यान्डी ज्यास्सी
एजेन्सी । ईकमर्श जायन्ट अमेजनका सीईओ जेफ बेजोस आजदेखि कार्यकारी भूमिकाबाट बाहिरिँदैछन् ।
आफैंले सुरु गरेको कम्पनीमा लामो समयसम्म कार्यकारी प्रमुखको रूपमा बिताएका उनले केही हप्ताअघि राजीनामा गर्ने घोषणा गरेका थिए । ३० वर्षअघि उनले आफ्नो ग्यारेजबाट अमेजनको सुरुवात गरेका थिए । लामो समयसम्म कम्पनीको नेतृत्व गरेका बेजोस अब भने अन्य भेन्चरमा समय र उर्जा खर्च गर्ने मनस्थितिमा छन् ।
अब बेजोसको स्थानमा भोलिदेखि अमेजनकै क्लाउड कम्प्युटिङ बिजनेसका प्रमुख यान्डी ज्यास्सीले भूमिका निर्वाह गर्नेछन् । बेजोसले आफू कम्पनीको प्रमुख कार्यकारी भूमिकामा नरहे पनि पूर्व कार्यकारी प्रमुखको रुपमा अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने छन् ।
अमेजनबाट बिदा लिएपछि डे वान फण्ड, द बेजोस अर्थ फण्ड, ब्लु ओरिजिन, वासिङटन पोस्ट र आफ्ना अन्य ‘प्यासन’ मा केन्द्रित उनले बताएका छन् ।
यसैबीच उनी आफ्नो स्पेस कम्पनी ब्लु ओरिजनमार्फत यही जुलाई २० मा अन्तरिक्ष यात्रामा जान लागेका छन् ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस