• जीवनशैली | Jiwanshaili
  • थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि,२३ को मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७ पीसीआर र ३८ हजार ९९४ एन्टिजेन पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस