• जीवनशैली | Jiwanshaili
  • मंंगलबार यी स्थानमा पानी पर्ने


    आज मंगलबार दिउँसो देशको कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बांकी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज मंगलबार राती देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १का थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस