भेरोसेल खोपको दोस्रो डोज आजबाट दिइदै
काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुलाई केराेनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखाा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् ।
त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर सहुका नागरिकलाई पनि दोस्रो डोज दिइने बताईएको छ ।
नेपालमा अहिले खोप लगाउने उमेर सहुका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।
अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस