• जीवनशैली | Jiwanshaili
  • कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु


    काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोटबाट जितेगढा बजार आउँदै गरेको क १ ज २३ नम्बरको उक्त जिप रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको हो ।

    दुर्घटनामा चार जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरकेको प्रहरीले जनाएको छ ।

    जिपमा चालकसहित १२ जना सवार थिए । ओरालो सडकमा अनियन्त्रित भएका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस