• जीवनशैली | Jiwanshaili
  • नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन


    नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

    आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनि काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनि हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो । उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पु¥याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस