हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
epa06147166 (FILE) - A US Army Black Hawk helicopter during the Silver Arrow 2015 military exercises at Adazi Training Area, Latvia, 27 September 2015 (reissued 16 August 2017). According to the US Coast Guard, a Black Hawk helicopter with five crew members on board crashed off Hawaii's coast on 16 August 2017. Emergency services were responding in a search and rescue mission for the chopper. EPA/VALDA KALNINA *** Local Caption *** 52258756
बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका–३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत कोल्टीमा उद्धार गरेर नेपालगञ्ज लगेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार गर्भवती विष्टका पेटमा शिशु उल्टो भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको हो । कम उमेरमै विवाह गरेका कारण शिशु पाउन नसक्दा र पेटमा उल्टो भएका कारण कोल्टीमा सुत्केरी गराउन नसकी बाहिर पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस