• जीवनशैली | Jiwanshaili
  • मंगलबार सामान्य अंकको गिरावट


    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो ।

    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका चार समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ३६ करोडको कारोबार भएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस