• जीवनशैली | Jiwanshaili
  • थप २६ सय सङ्क्रमित, १५ जनाको मृत्यु


    नेपालमा २६२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७१८ जना र एन्टिजन परिक्षण गर्दा ९१६ जना गरि जम्मा २६२४ जना नयाँ संक्रमित थपिएका हुन् ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ रहेको छ । संक्रमित मध्ये ६ लाख १२ हजार ९९४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २५ हजार ८२५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १५६५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९२६३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस