२८ यात्रुसहित रसियन जहाज बेपत्ता
एजेन्सी । रसियन जहाज बेपत्ता भएको छ।
एक बच्चासहित २८ यात्रु सवार रसियन जहाज रसियाको सुदूर पूर्वी काम्चकता पेनिन्सुलाबाट बेपत्ता भएको हो । सन् १९८२ देखि उडान भरिरहेको एन्टोनोभ एन–२९ ट्वीनोटर टर्बोप्रोप जहाज क्षेत्रीय राजधानी पेट्रोपाभ्लोभ्सक–कामचत्स्कीबाट उत्तरी कामचत्काको पलाना सहर जाने क्रममा सम्पर्क विच्छेद भएको त्यहाँका आपतकालीन मन्त्रीले बताएका छन् ।
विमानमा २२ यात्रु र ६ चालक दलका सदस्य रहेको ती मन्त्रीले बताएका छन् । विमान बेपत्ता भएपछि खोजी र उद्धार कार्य सुरु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस