किसानलाई हाते ट्र्याक्टर वितरण
कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्र्याक्टर वितरण गरेको हो ।
कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नं ४ काडामाडौँमा रहेको भगवती कृषक समूहलाई तीनवटा हाते ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताए।
जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन् । भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्र्याक्टरसहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस