तिनाउ नदिमा टिपर खस्यो चालकको मृत्यु
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो । टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेको मृत्यु भएको छ ।
गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो । टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस