इंग्ल्यान्ड युरो २०२० को फाइनलमा
एजेन्सी । इंग्ल्यान्ड युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति इंग्ल्यान्डको वेम्ब्ली मैदानमा भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
खेलको ३० औं मिनेटमा डेनमार्कले मिकेल डाम्स्गार्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३९ औं मिनेटमा डेनमार्कका सिमोन जइरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्ड बराबरीमा आयो ।
निर्धारित समयसम्म १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो । ह्यारी केनले उक्त अवसर खेर जान दिएनन् । सुरुमा केनको पेनाल्टी प्रहार डेनिस गोलरक्षक स्माइकलले सेभ गरेपनि फर्किएको बललाई केनले जाली चुमाएका थिए ।
अब इंग्ल्यान्डले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति १२ः४५ बजे हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस