• जीवनशैली | Jiwanshaili
  • साइकल सरर (फाेटाे फिचर)


    सरकारले निषेधाज्ञा खुकुलो गरे सँगै उपत्यकाका सडक निक्कै व्यस्त बनेको छ । सडकमा सवारी साधनकाको चल पहल बढे सँगै साइकलबाट यात्रा गर्नेको सङ्ख्या पनि बढेको हो । छोटो गन्तब्य, स्वास्थ्य जीवनशैलीका साथ साथै कम खर्चिलो भएका कारणले पनि पछिल्लो समय काठमाडौँ उपत्यकामा साइकल यात्रीको सङ्ख्या बढेको छ । कोरोना महामारीले सार्वजनिक यातायात अनिश्चित बने सँगै सर्वसाधारणहरू आफ्नो दैनिक जीवन सहज बनाउन साइकल तर्फ आकर्षित बन्न थालेका हुन् ।

    उपत्यकाको बढ्दो सवारी चापले सडकमा हुने जामका कारण समयमै गन्तव्यमा पुग्न गाह्रो भइरहेको अवस्थामा यात्राको लागि साइकल उपयुक्त साधन बन्न थालेको हो । तर ललितपुर जिल्ला बाहेक धेरै सवारी चाप हुने काठमाण्डौं र भक्तपुरमा साइकलको लागि छुट्टै लेन नहुँदा दुर्घटनाको जोखिम भने कायमै रहेको छ ।

    सवारी साधनको वृद्धि सँगै सोही अनुरूपको सडक नहुँदा उपत्यकाका सर्बसाधरणले भोग्नु परेको ट्राफिक जाम को समस्या झेल्नु परेको छ । यसका साथै सवारी साधनबाट निस्कने धुवाँका कारण वातावरणमा तथा जन स्वास्थ्यमा समेत गम्भीर जोखिम देखिएको बेला साइकलमा यात्रा गर्ने बानीको तथा संस्कृतिको निर्माण गर्न सके सफा स्वास्थ्य सहरको निर्माण गर्न सहज देखिन्थ्यो ।

     

     

    फाेटाेः जीवनशैली


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस